जोडिनुहोस
  • होमपेज
  • कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ ।

मंसिर २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीको नयाँ दररेट स्वीकृत गरिएको हो । नयाँ मूल्य सूची अनुसार बिउबिजनतर्फ सबैभन्दा महँगो उन्नत जातको हाइब्रिड मकैको बिउ प्रतिकेजी ३०० रुपैयाँ र हाइब्रिड धानको बिउ २०० रुपैयाँ तोकिएको छ । बास्नादार धानको बिउ १०५ रुपैयाँ, गहुँको ८० रुपैयाँ, मुसुरो १६० रुपैयाँ र तोरीको बिउ १७० रुपैयाँ मूल्य कायम गरिएको छ । प्रमाणित बिउको मूल्य भने केही कम रहेको छ। हरियो मलको रूपमा प्रयोग हुने ढैंचाको बिउ १२० रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले बिउका लागि अयोग्य खाद्यान्नको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार गहुँ प्रतिकेजी ३८.६७ रुपैयाँ, मोटो धान ३४.६३ रुपैयाँ र मकै ३५ रुपैयाँ पर्नेछ । यसका साथै कृषि सह–उत्पादनअन्तर्गत धानको परालको मूल्य प्रतिकेजी २ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका