जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४८ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २ घन्टा अगाडि
  • होमपेज
  • स्वास्थ्य बीमा  बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने

स्वास्थ्य बीमा  बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवासम्बन्धी कार्यविधि जारी गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ । आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने, दाबी व्यवस्थापन शाखा र सूचना शाखाका कर्मचारीहरूले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाइने भनिएको छ ।

त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नुअघि सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्ने, सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता, आचरण र सामाजिक मर्यादा विपरीतका कार्यहरू गराउन नहुने पनि भनिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा तीनै तहका सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरीतको कुनै टिप्पणी गर्न वा लाइक गर्न नहुने विषय समेत आचारसंहितामा समेटिएको छ ।

औपचारिक कार्यक्रम समयमै सुरु गर्न, अनौपचारिक कार्यक्रम सञ्चालन गर्दा आधा घण्टाभित्र उद्घाटन र समापन गरिसक्न, बैठकको समय १ घण्टा कायम गर्न, बोर्डमा आएका जुनसुकै फाइलको बारेमा तीन दिनभित्र निर्णय दिन र नसक्ने भए त्यसको कारण खुलाउन भनिएको छ । यस्तै, आचारसंहिता पालन भए÷नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य बीमा बोर्डले गर्ने बताइएको छ ।

नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण रेफर गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्नेछ । यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनःजाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्