जोडिनुहोस
  • होमपेज
  • सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सरकार प्रयासरत रहेको बताएकी छन् ।प्रतिनिधिसभा बैठकमा सोमबार सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले इजरायलमा रहेका नेपाली नागरिकहरू स्वदेश ल्याउन प्रयास भइरहेको बताएकी हुन् ।

‘इजरायलमा दुई हजार जीटुजी गएका छन् । उहाँहरूको सबै डेटा पनि छ । हामीलाई रेस्क्यु गर्न प्रबलम पनि छैन । उहाँहरूले तीन वर्ष लगातार पैसा तिर्नुभएको छ । त्यो भएपछि सुरक्षा कोषबाट उहाँहरूको रेस्क्यु हुन सक्छ,’ मन्त्री राणाले भनिन् ।

उनले भारतीय भूमि प्रयोग गरेर नक्कली कागजातका साथ इजरायल पुगेका नेपाली नागरिकलाई पनि स्वदेश फिर्ता ल्याउन पहल गरिरहेको पनि बताइन् ।

‘धेरै जना इन्डियन पासपोर्ट लिएर पनि पुगेका छन् । फेक इन्डियन पासपोर्ट । त्यो अशली होइन, नक्कली लिएर पुगेका छन् । उहाँहरूले पनि हामीलाई अपील गर्नुभएको छ कि हामी आउनु पाऊँ भनेर,’ उनले भनिन्, ‘हामीले होम मिनिस्ट्रीमा लेखेका छौँ । यस्तो परिस्थितिमा भएको नेपालीलाई ट्रभल डकुमेन्ट इस्यु गर्नका लागि हामीलाई स्वीकृति दिनु भनेर ।’

मन्त्री राणाले इजरायलमा अहिले दूतावास सञ्चालन गर्ने अवस्था नै नभएको पनि जानकारी दिइन् । ‘अहिले त्यहाँ कस्तो परिस्थित छ भने हाम्रो राजदूत नै बंकरमा हुनुहुन्छ । अफिस सञ्चालन गर्ने परिस्थिति छैन,’ उनले भनिन्, ‘अलमोस्ट हजार जना नेपालीमध्ये ४–५ सय इललिगल गैरकानुनी हुनुहुन्छ । अरु पनि ठ्याक्कै प्लेन गयो भने आउँछु भन्ने मर्ममा हुनुहुन्छ ।’

इजरायलमा रहेका तीन नेपालीहरूलाई इजिप्टबाट स्वदेश ल्याइने पनि उनले बताइन् । ‘जर्मनले ट्राभल डकुमेन्ट हामी अलाउ गर्न सक्दैनौँ भनेको छ । इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर हामी प्रयासरत छौँ,’ मन्त्री राणाले भनिन्, ‘५ सय जना नेपाली त्यहीँ नै बिहेबारी गरेर सेटल डाउन भएको हुनुहुन्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका