
विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरीको इटहरी पुगेपछि नयाँ पुस्ताका युवा (जेन–जी) ले दुहबीमा पनि प्रदर्शन गरेका छन्।
महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडी दुहबी क्रस भइसकेपछि स्थानीय युवाहरूले टायर बालेर विरोध जनाएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले नियन्त्रणमा लिएर सडक क्लियर गरिसकेको छ। “उहाँहरू क्रस भइसकेपछि टायर बालिएको थियो,” उनले भने, “प्रहरीले स्थिति सामान्य बनाइसकेको छ।”
यसअघि विराटनगर विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेका थिए।
मसी प्रहार गर्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ।




































