
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरुसँग आज छलफल गर्न लागेका छन् ।
आज दिउसो ३ बजेदेखि शीतल निवासमा फागुन २१ मा हुने निर्वाचन र यसको तयारीका विषयमा छलफल हुने बुझिएको छ ।
राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।



































