जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • संसदीय छानविन समिति कांग्रेसको बटमलाइन

संसदीय छानविन समिति कांग्रेसको बटमलाइन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले भने, ‘गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार ढंगले जसरी आफूलाई प्रस्तुत गर्नुभएको छ यसका बारेमा सम्माननीय प्रधानमन्त्रीजीको ध्यान आकृष्ट गर्ने निर्णय आजको बैठकले गरेको छ ।’ उनले संसदीय छानविन समिति गठन कांग्रेसको बटमलाइन भएको पनि बताए ।

‘संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने, ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, प्रधानमन्त्रीज्यू समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२–१ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौँ।’