जोडिनुहोस

हालको खबर

  • होमपेज
  • ‘अहिलेको अवस्थामा जो नेता र जस्तो शासनव्यवस्था आए पनि देश बन्दैन’

‘अहिलेको अवस्थामा जो नेता र जस्तो शासनव्यवस्था आए पनि देश बन्दैन’

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा फैलिएको घृणा आक्रोश र गालीगलौजको अपसंस्कृतिले देश र समाजलाई अझै ओह्रालोतर्फ लग्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले जो नेता आए पनि जस्तो शासनव्यवस्था आए पनि देश बन्न नसक्ने तर्क गरेका छन्। सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई निराशातर्फ मात्र धकेल्ने उनको भनाइ छ।

‘कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ’, उनले लेखेका छन्, ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ।’

समाजको  नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दल यस्ता कुरामा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका