जोडिनुहोस
  • होमपेज
  • शिक्षामा विकृति र दमनको विरोधमा नेविसंघको कडा चेतावनी

शिक्षामा विकृति र दमनको विरोधमा नेविसंघको कडा चेतावनी

काठमाडौं ।  ­शिक्षामा बढ्दो विकृति, त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र विद्यार्थी अधिकारमाथि भइरहेको प्रहारको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारलाई कडा चेतावनी दिएको छ ।

संघले शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानले दिएको अधिकार खोस्ने प्रयास भए त्यसको परिणाम गम्भीर हुने भन्दै निर्णायक संघर्षको घोषणा गरेको छ। नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले जारी गरेको विज्ञप्तिमा उपकुलपति राजनीतिक चलखेलमा लिप्त रहेको, प्रधानमन्त्री निवासबाटै शैक्षिक निकायहरू नियन्त्रण गर्न खोजिएको र शिक्षा प्रणाली बिगार्ने काम भइरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षामा सुधारको माग राखेर शान्तिपूर्ण प्रदर्शन गर्नु हाम्रो मौलिक अधिकार हो। सरकारले दमन गर्ने हो भने विद्यार्थीहरू सडकमै निर्णायक संघर्ष गर्न बाध्य हुनेछन्।”

संघले त्रिभुवन विश्वविद्यालयलगायत देशभर शिक्षामा देखिएको विकृति, गुटबन्दीकरण, र सरकारले विद्यार्थीहरूको आवाज दवाउने र गिरफ्तारी गर्ने घटनामा गम्भीर आपत्ति जनाएको छ। विहिवार मात्र काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका केही विद्यार्थीहरूलाई प्रहरीले गिरफ्तार गरेको भन्दै नेविसंघले ती विद्यार्थीहरूलाई अविलम्ब रिहाइ गर्न समेत माग गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help