जोडिनुहोस
  • होमपेज
  • पक्राउ परेका व्यक्तिको फोटो भिडियो सार्वजनिक नगर्न प्रहरीको निर्देशन

पक्राउ परेका व्यक्तिको फोटो भिडियो सार्वजनिक नगर्न प्रहरीको निर्देशन

प्रहरी प्रधान कार्यालयले विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्न मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटोरभिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको छ ।

प्रहरीले गर्ने प्रेस मिटहरूमा आरोपीलाई सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘कुनै कसूरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौं ।’

यसअघि महान्यायाधिवक्ताको कार्यालयले असार १९ गते कुनै पनि कसूरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।

धेरै टिप्पणी गरिएका