
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल आएकी हुन् ।
यसअघि आजै उपराष्ट्रपति यादव र उपराष्ट्रपति सुआनबीच पनि भेटवार्ता भएको थियो । भ्रमण पूरा गरी उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





































