जोडिनुहोस
  • होमपेज
  • काठमाडौँमा १२ वटा हाई मास्ट लाइट जडान

काठमाडौँमा १२ वटा हाई मास्ट लाइट जडान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको छ।

महानगरप्रमुख बालेन्द्र शाहका अनुसार कुल ६२ वटा लाइट जडान गर्ने योजना अघि बढाइएको छ र बाँकी लाइट दसैँअघि नै जडान गरिसकिनेछ।

नयाँबसपार्कमा दुईवटा लाइट जडान भइसकेको छ भने थप एकवटा जडानको तयारी भइरहेको छ। यसैगरी, अघिल्लो कार्यकालमा राखिएका तर नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा रूपान्तरण गरी बलिरहेको बनाइएको छ।

महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद र जडानको काम अन्तिम चरणमा पुर्याएको छ। लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने अपेक्षा गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका