
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक संघसंस्थालाई आग्रह गरेका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसीई०का पदाधिकारीसँगको छलफलमा बुधबार मन्त्री पुनले विद्यालय शिक्षा सुधारको जिम्मेवारी हरेक व्यक्ति तथा संस्थाले लिनुपर्ने बताए ।
शिक्षाको समग्र पक्षको सुधारका लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउँदै मन्त्री पुनले विद्यालय शिक्षामा प्रदान भइरहेको सेवालाई प्रभावकारी बनाउने विषयमा सरकारलाई रचनात्मक सुझाव दिनसमेत आग्रह गरे ।
विद्यार्थीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउन सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गर्न निर्देशन दिइएको उनको भनाइ छ । शिक्षक दरबन्दी थप गर्नका लागि आर्थिक स्रोतको अभाव हुन नदिने पनि मन्त्री पुनले प्रतिबद्धता जनाए ।






























