जोडिनुहोस
  • होमपेज
  • भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

भक्तपुरको गुण्डुमा ‘ओली निवास’ निर्माणको तयारी, स्थानीयको भावनात्मक पहल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब भक्तपुरको गुण्डुमा बस्ने भएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा बालकोटस्थित उनको निवास आगलागीमा परेर ध्वस्त भएपछि उनी अब स्थायी रूपमा गुण्डुमा बस्ने तयारीमा छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, स्थानीय बासिन्दाको पहलमा ओलीका लागि नयाँ आवास निर्माणको तयारी भइरहेको छ। यस परियोजनालाई स्थानीयले ‘ओलीकुटी’ नाम दिएका छन्, जसले भावनात्मक महत्व बोकेको बस्नेतको भनाइ छ।

बस्नेतले आफू ‘ओलीकुटी’ निर्माण समन्वय समितिको संयोजकको भूमिकामा रहने जानकारी दिएका छन्। उनले भने, “अध्यक्ष ओलीका लागि गुण्डुबासीको आफ्नै पहलमा घर बनाउन लागिएको छ, म यस अभियानको संयोजकका रूपमा कार्यरत छु।”

भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन सुरु भइसकेको र देशभरबाट फोटो, सुझाव तथा समर्थन आइरहेको बस्नेतले सामाजिक सञ्जालमार्फत जनाएका छन्। उनले सम्भावित आवासका केही नमुना चित्रहरू पनि सार्वजनिक गरेका छन्।

उता, अध्यक्ष ओलीले आफ्नो पुरानो बालकोटस्थित निवास राज्यलाई मरणोपरान्त प्रदान गरिसकेका छन्। अब उनले भक्तपुरको गुण्डुमा बन्ने नयाँ निवासबाट राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने तयारी गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका