जोडिनुहोस
  • होमपेज
  • आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने

आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने

आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइन्मण्ड भलिबल क्लबलाई हराउँदै एपिएफ र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३–१ को जित निकाल्यो । एपिएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३–२५ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाइनलमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को साझो सेटमा पराजित गर्‍यो । खेलमा पुलिसले आमीलाई २५–६, २५–२३ र २५–२२ ले हरायो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ भने विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका