जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेशमा निर्जीवन बीमाबाट रु २ अर्ब १५ करोड सङ्कलन

मधेश प्रदेशमा निर्जीवन बीमाबाट रु २ अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा)। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ रु २ अर्ब १५ करोड ७६ लाख बीमा शुल्क सङ्कलन गरेको छ। सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने २ लाख ५९ हजार ४७५ रहेको छ।

निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले रु १ अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन्। तर, कार्यालयले सो माग गरेकामध्ये ५ हजार ५८५ जनालाई रु १ अर्ब ८ करोड ४३ लाख दाबी भुक्तानी गरेको जनाएको छ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेश प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रूपमा बढ्न नसकेको गुनासो गरिन्। “हामीले बीमा सम्बन्धित साक्षरता अभियान सञ्चालन गर्दै आइरहेका छौँ,” उनले भनिन्, “आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ।”

कार्यालयले चालू आवको नौ महिनामा जीवन बीमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ। सो अवधिमा मधेश प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ।

जीवन बीमा शुल्क सङ्कलनमा मधेश प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ। चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट रु २ अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट रु २ अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics