जोडिनुहोस
  • होमपेज
  • तिलामा असिनापानीले स्याउ बगैँचामा क्षति

तिलामा असिनापानीले स्याउ बगैँचामा क्षति

जुम्ला। असिनासहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ। तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्‍याएको हो।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिनापानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए। झन्डै आधा फिट असिना परेको थियो। वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ। सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ। स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरधुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help