
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। वार्ता गर्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ।
वृषः गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछ। ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुनः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
कर्कटः दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।
सिंहः दिन सामान्य राम्रो छ। बोलीका कारण आफन्त टाढिन सक्छन्। बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
कन्याः दिन राम्रो छ। अरुको झगडाले तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ।
तुलाः दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा घुमघामको तय हुनेछ।
वृश्चिकः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनुः दिन सामान्य छ। सानो कुरामा अवरोध हुनेछ। परिवारमा अरुको गलत नियको फन्दामा पर्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
मकरः दिन राम्रो छ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र खुशी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुरामा मनमुटाव हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। शनिको पूजा गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।
मीनः दिन सामान्य राम्रो छ। शिक्षाको लगानीबाट आंशिक फाइदा हुनेछ। सहकार्य गरेका साथीले विरोध गर्ने हुँदा व्यवहारमा सचेत बन्नुपर्ने छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
































