जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार काण्डमा अध्यक्ष रञ्जिताले जवाफ दिनुपर्छ : रेशम चौधरी

भ्रष्टाचार काण्डमा अध्यक्ष रञ्जिताले जवाफ दिनुपर्छ : रेशम चौधरी

पोखराको जग्गा काण्डमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता चौधरीले केन्द्रीय समितिको बैठकमा आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने संरक्षक रेशम चौधरीले बताएका छन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेही अध्यक्ष तथा पत्नी श्रेष्ठलाई संचरक्ष चौधरीले पार्टीको बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका हुन् ।

चौधरीले एक भिडियो सन्देशमार्फत् श्रेष्ठलाई आरोपबारे बैठकमा स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् । सन्देशमा संरक्षक चौधरीले भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले अहिले उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष श्रेष्ठ नै भएको पनि दाबी गरेका छन् । ‘त्यसैले बैठकमा आएर जवाफ दिनुर्छ’, सन्देशमा चौधरीले भनेका छन् । सन्देशमा भनिएको छ, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंको कारणले सिर्जना भएपनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास प्रयत्न त गरेकै छौ नि । तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन् । के चाहन्छन् ? हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो । खै त जवाफ ?’

सन्देशमा चौधरीले थप भनेका छन्, ‘एउटा मुखले मात्र बोलेर हुँदैन नि । केन्द्रीय समितिमा आएर तपाईंले आफ्नो भावना राख्नुभयो भने त भोलि लाख मुखले तपाईंको पक्षमा वा विपक्षमा कुरा गर्ला ।’

उनले पार्टीलाई बन्धक नबनाउन र निकास दिन पनि सुझाएका छन् । ‘निराकरणको बाटो दिनुपर्छ । निकास दिनुपर्छ । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ’, सन्देशमा चौधरीले भनेका छन् ।

धेरै टिप्पणी गरिएका