
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्रको हवाई अवलोकन गरेका छन् । मधेशमा खडेरी परेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाको लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा भएको मधेशलाई राहत प्याकेज मागिएको छ ।
जनता पिउने पानीको चरम अभावमा गुज्रिरहेका छन् । नेपाली सेनाले वारुणयन्त्रबाट पानी वितरण गरिरहेको छ । प्रधानमन्त्री ओली भने आज सडक शिलान्यास र प्रशासकीय भवनको उद्घाटन गर्नको लागि महोत्तरी र पर्सा गएका हुन् ।





































