जोडिनुहोस
  • होमपेज
  • मन्त्रीमण्डल हेरफेरको कुनै सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

मन्त्रीमण्डल हेरफेरको कुनै सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

काठमाडाैं। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन्।

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौको शोभाभगवती रहेको शालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रीमण्डल हेरफेरका चर्चा चलेपनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका हुन्।

उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पूरै अवधि यही सरकार चल्ने दाबी गरे।

मुलुकमा स्थायीत्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको उनले बताए।

सिंहले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमश कार्यान्वयन गर्दै लैजाने जिकिर गरे। उनले मंगलादेवी लगाएतका अग्रजहरुले गरेको त्यागका कारण अहिले महिला अधिकार स्थापित हुँदै गएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका