
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ।
जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पदच्युत भएपछि बस्नेतले जेनजी युवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्। त्यसपछि जेनजी पक्षधर युवाहरूको पनि बस्नेतविरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ।
गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा बस्नेत आउने जानकारी पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए, जसका कारण दुई दिनसम्म बाराको सिमरा तनावपूर्ण बनेको थियो।


































