जोडिनुहोस
  • होमपेज
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निर्देशकमा पासवान नियुक्त

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निर्देशकमा पासवान नियुक्त

जनकपुर। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।

विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चारवर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको छ ।

परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिइन् ।

पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका– १ सनुखरा निवासी हुन् । जनकपुरधामसहित महोत्तरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्रभित्रका सीमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरूको संरक्षण संवद्र्धनका लागि संस्थापक कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको नेतृत्वमा गठन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV