जोडिनुहोस
  • होमपेज
  • बागमतीसहित यी नदीहरूमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन अनुरोध

बागमतीसहित यी नदीहरूमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन अनुरोध

काठमाण्डु- काठमाण्डुस्थित विभिन्न जिल्लामा रहेका नदीहरूमा जल सतह बढ्दै गएको छ ।

बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी नदीहरूमा पानीको सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन विभागले आग्रह गरेको हो ।

विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

यस्तै लमजुङको खुदी बजार र वरपरको क्षेत्रमा भारी वर्षा भएको छ।

वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

बाढीको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा नजान विभागले सबैलाई आग्रह गरेको छ।

धेरै टिप्पणी गरिएका