जोडिनुहोस
  • होमपेज
  • विदेशबाट नेपाल ल्याउन मिल्ने नगदको सीमा निर्धारण

विदेशबाट नेपाल ल्याउन मिल्ने नगदको सीमा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट नगद ल्याउने सीमा र भारतीय नोट प्रयोगसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नयाँ जानकारी सार्वजनिक गरेको छ ।

अब नेपाली वा विदेशी नागरिकले भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजार वा सो बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन वा बाहिर लैजान सक्नेछन् ।

तर, सोभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भने भन्सार कार्यालयमा अनिवार्य रूपमा घोषणा र प्रमाणिकरण गर्नुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ । यो प्रावधान विदेशी विनिमय ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार लागू गरिएको हो ।

त्यस्तै, राष्ट्र बैंकले भारतमा प्रचलित केही दरका नोटबारे पनि सचेत गराएको छ । बैंकका अनुसार भारतीय रुपैयाँ २००, ५०० र २,००० दरका नोटहरू नेपाल भित्र्याउन, साथमा राख्न वा कारोबार गर्न पूर्णतः निषेध गरिएको छ ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारत बाहेक अन्य देशमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट ल्याउन समेत कानूनतः निषेध गरिएको स्पष्ट पारेको छ । बैंकले सर्वसाधारणलाई यस्ता नियमकानुनको पालना गर्न र सचेत रहन आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries