जोडिनुहोस
  • होमपेज
  • बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से

काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२र८३ को लागि भोलि बिहीबार ९जेठ १५ गते० ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा हरियाली छाएको छ ।

नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७।४४ अंकले बढेको छ । आज नेप्से ०।६५ प्रतिशतले बढेर २६९३ विन्दुमा पुगेको छ ।

नेप्सेको वृद्धिसहित कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७७ हजार ३१६ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ९ समूह बढेको छ भने बाँकी ४ समूह घटेको छ । आज सबैभन्दा बढी वाणिज्य बैंक समूह बढेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका