जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान चामल आयात

वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान चामल आयात

वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४ सय ७३ किलोग्राम धान आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४ सय ४८ किलो धान आयात भएको थियो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिनुभयो । गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा दुई अर्ब ४१ करोड मूल्य बराबरको दुई करोड ४८ लाख १३ हजार ५ सय ३१ किलो चामल आयात भएको छ । अघिल्लो आवमा एक अर्ब ७३ करोड मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार ३ सय ७६ किलोग्राम चामल आयात भएको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ । गत आर्थिक वर्षमा छ अर्ब ७३ करोड मूल्य बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ । जबकी अघिल्लो आवमा रु पाँच अर्ब ५९ करोड मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १ सय ७३ किलोग्राम मकै आयात भएको थियो ।

गत आर्थिक वर्षमा ४७ करोड मूल्य बराबरको ९१ लाख ९२ हजार ९ सय ८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ । जबकी अघिल्लो आवमा रु ४३ करोड मूल्य बराबरको ८४ लाख ९५ हजार ४ सय ४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गत आवमा रु चार करोड मूल्य बराबरको आठ लाख ४७ हजार ७ सय ८० किलोग्राम कनिका आयात भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics