जोडिनुहोस
  • होमपेज
  • मनसुनी विपद्: आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँचमा आंशिक सञ्चालनमा

मनसुनी विपद्: आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँचमा आंशिक सञ्चालनमा

काठमाडौं । देशभर सक्रिय बनेको मनसुनका कारण पहिरो र बाढीले यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। नेपाल प्रहरीले सोमबार बिहान दिएको जानकारी अनुसार, ८ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने ५ स्थानमा सडकहरू एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

सबैभन्दा बढी प्रभाव बागमती, कोशी र कर्णाली प्रदेशका सडकहरूमा परेको छ। बागमती प्रदेशमा मात्र चार मुख्य सडक पूर्ण रूपमा बन्द छन्।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन सिमाना जोड्ने पुल बगाएपछि सो क्षेत्रको यातायात पूर्ण ठप्प छ। यस्तै पासाङ ल्हामु राजमार्ग समेत पहिरोले पूर्ण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको कोदारी, नुवाकोटको चालिसे, संखुवासभाको भोटखोला–८ बरुण, रुकुम पश्चिमको आठबिसकोट, हुम्लाको सिमकोट, र जाजरकोटको छेडागाड जस्ता स्थानमा पहिरो र बाढीका कारण मुख्य सडकहरू पूर्ण रूपमा ठप्प छन्।

अवरुद्ध भएका प्रमुख सडकहरू:

  • रसुवा: पासाङ ल्हामु सडक, गोसाईंकुण्ड पुल बाढीले बगायो

  • सिन्धुपाल्चोक: अरनिको राजमार्ग (कोदारी)

  • नुवाकोट: मध्य–पहाडी लोकमार्ग (शिवपुरी–४ चालिसे)

  • रुकुम पश्चिम: भेरी करिडोर (आठबिसकोट)

  • हुम्ला: कर्णाली करिडोर (सिमकोट)

  • जाजरकोट: मध्य–पहाडी लोकमार्ग (छेडागाड)

  • संखुवासभा: कोशी राजमार्ग (भोटखोला–८ बरुण)

एकतर्फी सञ्चालनमा रहेका सडकहरू:

  • काठमाडौँ–नुवाकोट (टोखा नगरपालिका–२)

  • कालीगण्डकी करिडोर: बागलुङ (दब्ल्याङ), नवलपरासीपूर्व (तरङखोला)

  • बेनी–जोमसोम मार्ग: मुस्ताङको घोप्टेभिर

  • सहिद राजमार्ग: रोल्पा (ग्रामजिम–५, धामाचौर)

सडक अवरोधले दैनिक यात्रु, खाद्यान्न आपूर्ति र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ। सरकारले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अहिलेको अवस्था हेर्दा वर्षा जारी रहेमा थप अवरोध हुने सम्भावना रहेकोले स्थानीय प्रशासन, सुरक्षाकर्मी र सडक विभागलाई सक्रिय राखिएको जनाइएको छ। यात्रु र सवारी चालकलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

525294351_738011992198044_100667327531796609_n

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14