
नेपाल शिक्षक महासङ्घले नेकपा (एमाले) को पार्टी कार्यालय ललितपुरको च्यासलमा धर्ना दिएको छ ।
प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै बुधबार नेपाली कांग्रेसको कार्यालय घेरा घरेको महासङ्घले बिहीबार एमालेको कार्यालय घेराउ गरेको हो ।
यस्तै शुक्रबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिइन् ।
विगतमा भएको सहमति अनुसार प्रतिनिधिसभाबाट विधेयक सच्याउन महासङ्घले माग गरेको छ ।






































