जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • अख्तियारद्वारा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३६ लाखभन्दा बढी बिगो माग

अख्तियारद्वारा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३६ लाखभन्दा बढी बिगो माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना अधिकारी र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगो माग गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०र८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन तथा नियमावलीको गम्भीर उल्लङ्घन गरी भ्रष्टाचार गरिएको पाइएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यमा नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК