जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १९ गते, शुक्रबार संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त यस सम्बन्धी पत्र पढेर सुनाउँदै सभालाई जानकारी गराएका हुन्।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने स्पष्ट व्यवस्था छ।

सभामुख घिमिरेले उक्त ऐतिहासिक अवसरमा सहभागी हुन सबै सांसदहरूलाई शुक्रबार अपराह्न २ः४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित हुन हार्दिक आग्रह गरेका छन्।

धेरै टिप्पणी गरिएका