जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभामा डीपी अर्याल र रामहरि खतिवडाबीच भनाभन

प्रतिनिधिसभामा डीपी अर्याल र रामहरि खतिवडाबीच भनाभन

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र नोकझोक भएको छ।

भाषणका क्रममा अर्यालले नेपाली कांग्रेस सांसद खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे। ‘कसैको निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ’, अर्यालले भने। उनले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नो संस्था भएको स्पष्ट गर्दै आरोपको खण्डन गरे।

खतिवडाले शनिबारको बैठकमा सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसाका नाममा अनियमितता गरेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। आइतबारको बैठकमा उनले अर्यालको ‘चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो’ भन्ने अभिव्यक्तिको समेत आपत्ति जनाउँदै त्यसलाई पनि रेकर्डबाट हटाउन माग गरे।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुवै सांसदका अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको भन्दै दुबै अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने धारणा राखे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV