जोडिनुहोस
  • होमपेज
  • ‘विद्युत् खपत बढेका कारण ट्रिपिङ हुने समस्या देखिएको मन्त्री खड्काको भनाइ’

‘विद्युत् खपत बढेका कारण ट्रिपिङ हुने समस्या देखिएको मन्त्री खड्काको भनाइ’

अत्तरिया (कैलाली)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा हाल लोडसेडिङको अवस्था नरहेको स्पष्ट पारेका छन्।

मन्त्री खड्काले आज धनगढीमा आयोजित कार्यक्रममा विद्युत् निर्यात भइरहेको अवस्थामा लोडसेडिङ नभएको बताएका हुन्।

“गर्मीमा विद्युत् खपत बढ्दा लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या देखिएको छ,” मन्त्री खड्काले भने, “वर्षात्का बेला मर्मत गर्नुपर्ने ठाउँ धेरै हुन्छन्, चट्याङले ट्रान्सफर्मर जल्ने समस्या पनि आउँछ। मर्मतमा केही समय लाग्न सक्छ तर यसलाई लोडसेडिङको रूपमा अफवाह फैलाउने काम भइरहेको छ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका