
हेटौंडा। बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ ।
आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ ।
संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ । अब नयाँ नेता चयन गर्नका लागि बुधवार मतदान हुनेछ ।



































