जोडिनुहोस
  • होमपेज
  • इम्बोस्ड नम्बर प्लेटविरुद्ध काठमाडौंमा प्रदर्शन

इम्बोस्ड नम्बर प्लेटविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता तथा कार्यकर्ताहरूले शुक्रबार काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था कार्यालय अगाडि इम्बोस्ड नम्बर प्लेटको विरोधमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले ब्यानर, पम्प्लेटसहित सरकारद्वारा लागू गर्न खोजिएको नयाँ नम्बर प्लेट नीति र नियमको विरोध गर्दै नाराबाजी गरेका थिए। यस क्रममा उनीहरूले सडकमा धर्ना बसेर आफ्नो असहमति प्रकट गरे।

नेता कार्यकर्ताहरूले प्रदर्शनको माध्यमबाट जनतालाई नयाँ नियमका सम्भावित प्रभावबारे सचेत गराउन खोजेको आयोजकहरूले बताएका छन्। प्रदर्शन शान्तिपूर्ण तर निर्णायक रहेको जनाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका