
सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले हेलिकप्टरमा पाइलट बाहेक अन्य कुनै यात्रु नरहेको जानकारी दिए। उनका अनुसार पाइलट विवेक खड्का सकुशल छन्।
लुक्ला विमानस्थलका अनुसार बिहान करिब ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको उक्त हेलिकप्टर अवतरणका क्रममा चिप्लिएको हो।





































