जोडिनुहोस
  • होमपेज
  • नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउँदै छ ।

नेकपाका नेता देव गुरुङले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको बताउँर्द त्यसैलाई जोडेर सोमबार निर्वाचन आयोगमा बुझाउने बताए ।

नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी एमालेको छ ।

एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिए ।

भट्टका अनुसार बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने सचिवालय बैठकले निर्णय गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका