जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन् ।

सोनाम ल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार नयाँ वर्षको सुरुवातसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ को अर्थ वर्ष तथा ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ ।

‘सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ‘, सन्देशमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?