जोडिनुहोस
  • होमपेज
  • त्रिदेशीय महिला टी–ट्वान्टीः नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिदेशीय महिला टी–ट्वान्टीः नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

महिला टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छन् । यस्तै श्रृङ्खलाको अर्को टोली थाइल्याण्ड १३औँ स्थानमा छ ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्। शृङ्खलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छन्। उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ। शृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics