जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि
  • होमपेज
  • आईटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली

आईटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए । उनले नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताए ।

उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको बताए । देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताए । प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ । अझ तीव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ । यस बीचको केही अन्तरालको बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकूल असर पारेको सबैलाई थाहा छ । त्यस प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहन्छौं । तर हाम्रो आयस्तर न्यून अवस्थामा छ । यस अवस्थालाई हामीले फेर्नु छ । हामी सबै यस कुरामा जुट्नुपरेको छ ।’

प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसावले सरकार अघि बढेको बताए। पूर्वाधारबिना देशको विकास हुन नसक्ने पनि उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs