जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

कश्मीर– कश्मिरको सहरखासको जैना कदल क्षेत्रका बासिन्दा गुलाम मुहम्मद जाजलाई साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिए बापत पद्यश्री पुरस्कार प्रदान गरिने भएको छ ।

पद्मश्री पुरस्कार देशको भारतको सर्वोच्च नागरिक पुरस्कार मध्ये एक हो । यो पुरस्कार तीन विधामा दिइन्छ। यी पुरस्कारहरू प्रत्येक वर्ष मार्च वा अप्रिलमा राष्ट्रपति भवनमा आयोजित औपचारिक समारोहमा भारतका राष्ट्रपतिद्वारा प्रदान गरिन्छ।

कश्मीरका गुलाम मोहम्मद जाज कश्मीरमा सन्तूर निर्माण गर्ने बनाउने अन्तिम कारीगर हुन्। यो काम उनले आफ्नो परिवारबाट विरासतमा पाएका हुन् । गुलाम मुहम्मद जाज आफ्नो परिवारको आठौं पुस्ता मात्र नभई सम्पूर्ण कश्मीरका अन्तिम कारीगर पनि हुन् जो सन्तूर बनाउँछन् ।

सो अवसरमा आफ्नो धारणा व्यक्त गर्दै गुलाम मुहम्मद जाजले आफूलाई यो सम्मानका लागि छनोट गर्न पाउनु खुसीको कुरा भए पनि पछिल्लो आठ पुस्तामा यो सम्मान कसैलाई नपाएकोमा दुःख लागेको बताए ।

यो मेरो र कश्मीर उपत्यकाका लागि गर्वको कुरा हो किनभने हाम्रो काम र कलाको राष्ट्रिय स्तरमा प्रशंसा भइरहेको छ। स्मरण रहोस्, गुलाम मुहम्मद जाज सन्तूर बाहेक शास्त्रीय वा गूढ संगीतमा प्रयोग हुने यन्त्र बनाउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्