जोडिनुहोस
  • होमपेज
  • पूर्वराष्ट्रपति भण्डारीलाई सीमरा विमानस्थलमा भव्य स्वागत

पूर्वराष्ट्रपति भण्डारीलाई सीमरा विमानस्थलमा भव्य स्वागत

वीरगंज । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई शनिबार बाराको सीमरा विमानस्थलमा एमाले नेताहरुले भव्य स्वागत गरेका छन् ।

बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगंज जाँदै गरेकी भण्डारीलाई नेताहरुले ५१ किलोको माला अर्पण गरी स्वागत गरेका हुन् ।

स्वागतका क्रममा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल लगायत उपस्थित थिए ।

यस्तै, मधेश प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुरसिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटी अध्यक्ष नवराज शर्मा लगायत स्थानीय नेताहरु पनि विमानस्थलमै भेला भई स्वागत गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115