जोडिनुहोस
  • होमपेज
  • रौतहटमा एलपी ग्यास बोकेको बुलेट पल्टियो, सुरक्षा सतर्कताका कारण राजमार्ग बन्द

रौतहटमा एलपी ग्यास बोकेको बुलेट पल्टियो, सुरक्षा सतर्कताका कारण राजमार्ग बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट पल्टिँदा मंगलबार बिहानदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीका अनुसार बिहान करिब ७ :५० बजे पूर्वतर्फबाट आउँदै गरेको यूपी १७ ए २१४ नम्बरको ग्यास बुलेट सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा बुलेट चालक सामान्य घाइते भएका छन्।

बुलेटबाट ग्यास चुहावट भइरहेको अवस्थामा आगलागी वा विस्फोटको जोखिम देखिएकाले सुरक्षाका लागि राजमार्ग पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। जोखिम न्यूनीकरणका लागि दमकल र क्रेन घटनास्थलमा बोलाइएको छ। दुर्घटना जंगल क्षेत्रभित्र भएकोले नजिकै बस्ती नभए पनि सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङका अनुसार ग्यास चुहावट पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म र बुलेट हटाइएसम्म राजमार्ग खुलाइने छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका