जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ३ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ७ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३0 मिनेटutes अगाडि
Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • पोखरा : सहकारी पीडितको पक्षमा न्याय माग्दै रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा

पोखरा : सहकारी पीडितको पक्षमा न्याय माग्दै रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा

काठमाडौं । पोखराको शहीद चोकमा रास्वपाका नेता तथा कार्यकर्ताहरुले सहकारी पीडितलाई न्यायको माग गर्दै प्रर्दशन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्‍याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले समेत गरिसकेका छन् । रवि लामिछानेलाई पनि सहकारी प्रकरणमा प्रक्राउ गर्न प्रतिवेदनका आधारमा गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् । १० दिने भ्रमणका लागि शनिबार चीन पुगेका रास्वपा सभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरु पनि आकस्मिक रुपमा स्वदेश फर्किन थालेका छन् ।

आइतबार राति रास्वपाले आफ्ना समर्थकहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आह्वान गरेको थियो । सो भेलालाई सम्बोधन गर्दै लामिछानेले आफुलाई अघिल्लो सरकारले क्लिन चिट दिएको तर अहिलेको सरकारले पक्राउ गर्ने लागेको भन्दै आफु जुनसुकै बेला पनि पक्राउ पर्ने सक्ने भन्दै नेता तथा कार्याकर्ताहरुलाई सडकमा आउन आग्रह गरे । सरकारले सहकारी प्रकरणमा ओरोपितहरुलाई पक्राउ गरेर नेपालको प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याउने जनाएको छ । रास्वपा सभापति अहिले सरकारले पक्राउ गर्न सक्ने भन्दै त्रसित बनेका छन् ।