
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई शीर्ष नेताबीच मन्त्रिपरिषद् हेरफेर लगायत समसामायिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन् । सत्ता साझेदार कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन ।





































