जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती।बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन र नियन्त्रण सम्बन्धी विधेयक पेस हुने सम्भावना छ।

विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको छ र समिति टुङ्गिएपछि मात्र प्रदेशसभामा पेस हुने व्यवस्था हुनेछ।

यस्तै, आजको बैठकमा सभामुख भुवनकुमार पाठकले विषयगत समिति सदस्यहरूको हेरफेर प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले जानकारी दिए।

प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि राखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका