जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • कञ्चनपुरमा दलित परिवारका लागि सुरक्षित आवास निर्माण

कञ्चनपुरमा दलित परिवारका लागि सुरक्षित आवास निर्माण

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ।

“पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटा जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो। हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन,” उनले भने।

आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेख्नुभएका उनलाई अब भने नगरपालिकाले आफूहरूका निम्ति सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको उनले बताए।

सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ। ६ लाख ५० हजार रुपैयाँको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लाल बहादुर ऐरले बताए। यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ।