जोडिनुहोस
  • होमपेज
  • बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

समाचार

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक १५, २०८२
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा विभिन्न स्थानमा लेदेसहितको पहिरोका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बीपी राजमार्गअन्तरगत काभ्रेपलान्चोकको चौकीडाँडाको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

धेरै टिप्पणी गरिएका