जोडिनुहोस
  • होमपेज
  • २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, डिसेम्बर महिनामा ९८ हजार १९० पर्यटक भित्रिएसँगै २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका हुन् ।

अघिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए ।नेपाल आउनेमा पर्यटकमा सबैभन्दा धेरै भारतक रहेका छन् । २०२५ मा भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट एक लाख १२ हजार ३१६ पर्यटक आएका छन् ।

त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७. श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक २०२५ मा नेपाल आएका छन् ।

धेरै टिप्पणी गरिएका