जोडिनुहोस
  • होमपेज
  • रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो, सात जना हवाईमार्गबाट काठमाडौं ल्याइयाे

रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो, सात जना हवाईमार्गबाट काठमाडौं ल्याइयाे

काठमाडौं । निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। पछिल्लो विवरणअनुसार नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोरप्रसाद घिमिरेको ज्यान गएको पुष्टि भएको छ। सोमबार रामेछाप नगरपालिका–२ सिरुवारीमा ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा नौ जना घाइते भएका थिए।

घाइतेमध्ये सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई राजधानीस्थित अस्पतालमा भर्ना गरिएको जनाइएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बोकेर शितलदेवी मावि सिरुवारी र वडा कार्यालय भवनतर्फ जाँदै गरेको गाडी मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

जिल्ला प्रहरी कार्यालयको टोली तथा सशस्त्र प्रहरीको विपद् उद्धार बेस खुर्कोटको सहकार्यमा घाइतेलाई उद्धार गरी मन्थली पु¥याइएको थियो। त्यसपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं स्थानान्तरण गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका