जोडिनुहोस
शनिबार, पुस १९, २०८२
शनिबार, पुस १९, २०८२
  • होमपेज
  • रास्वपा समानुपातिक विवाद: त्रिशलापछि आसिफ शाहले पनि फिर्ता लिए उम्मेदवारी

रास्वपा समानुपातिक विवाद: त्रिशलापछि आसिफ शाहले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकको सूचीमा परेका आसिफ शाहले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शाहले आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूपछि आफुलाई समानुपातिकको सूचीमा राखिएको स्पष्ट गर्दै त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य भएको उल्लेख गर्दै उनले आफु समानुपातिक उम्मेदवार नबन्ने स्पष्ट गरेका हुन् ।

उनले सहि नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भएको उल्लेख गर्दै आफ्नो समानुपातिक उम्मेदवार फिर्ता गरेको जानकारी दिदै काठमाडौँ-५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्- ‘जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु | साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’

उनले आफु काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रुपमा तयार रहेको बताएका छन् ।चौतर्फी आलोचनापछि यसअघि रास्वपा (उज्यालो नेपाल पार्टी) बाट समानुपातिकमा सिफारिस डा. त्रिशला गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

धेरै टिप्पणी गरिएका